सुनचाँदीको मुल्य बढ्यो

न्युजलय २९ भदौ २०८०, शुक्रबार १२:०५ मा प्रकाशित


काठमाडौं । शुक्रबार (आज) सुनको मुल्य ६ सय रुपैयाँले बढेको छ । 

बिहिबार प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । 

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।