घट्यो सुनको मूल्य

न्युजलय १४ भदौ २०८१, शुक्रबार १०:४४ मा प्रकाशित

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबार १ लाख ५२ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँ रहेको चाँदी शुक्रबार १८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।