एसडी योगी र सुवानी मोक्तानले ल्याए ‘धागो सम्बन्धको’ (भिडिओसहित)

न्युजलय ३१ असोज २०७९, सोमबार ०१:४३ मा प्रकाशित

काठमाडौं ।  ‘धागो–सम्बन्धको’ बोलको गीत सार्वजनिक भएको छ । एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त केसीको संगीत रहेको छ।

दसैँ र तिहारको परिवेशमा खिचिएको गीत सत्य घटनामा आधारित छ।

दसैँ र तिहारकै परिवेशमा एक परिवारले फरक समयमा दुई सदस्यलाई गुमाएको कथा गीतमा देखाइएको छ।

गीतको भिडिओमा सिर्जना अधिकारी, हर्क साउद, सुक्रिया खत्री, निराजन कार्की, लिजा कार्की, कस्मित बराइली अभिनय छ। 

नविन चौहानको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतलाई संगीता कार्कीले निर्माण गरेकी हुन्। सौरभ लामाले छायांकन गरेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन्।