बर्जु गाउँपालिकाका इन्जिनियर घुससहित पक्राउ

न्युजलय २७ चैत २०७९, सोमबार ०७:२७ मा प्रकाशित

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

घरको नक्सापासका लागि घुस लिएको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सोमबार इन्जिनियर मेहतालाई विराटनगर महानगरपालिका–५ पुल्चोक छेउबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।