धरान । धरान उपमहानगरपालिकामा डेंगुबाट थप एक जनाको मृत्यु भएको छ। यो सँगै डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
धरान–१४ का ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु भएको धरान उपमहानगरपालिकाका महाशाखा प्रमुख उमेश मेहताले जनाएका छन् ।
धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार मृतक पछिल्लो समय भेडेटारमा होटल सञ्चालन गर्ने गरेका थिए।