काठमाडौ । मूर्ती चोरेको अभियोगमा कैद सजाय पाएका व्यक्तिलाई कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउन लागिएको छ ।
नेकपा माओवादी केन्द्रले हुम्लाका कार्चेन लामा (छिरिङ दुमदुम लामा) लाई मन्त्री बनाउन सिफारिस गर्न लागेको हो । लामाले मूर्ति चोरी अभियोगमा फौजदारी मुद्दा खेपेका थिए ।
उनले चीनको ताक्लाकोटमा रहेको गुम्बाको १२ सय वर्ष पुरानो मूर्ति चोरी गरेको आरोपमा मुद्धा दर्ता गरि २०५१ सालमा हुम्ला जिल्ला अदालतले दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
सांसद समेत नरहेका लामालाई मन्त्री बनाउन लागेपछि अन्तर्विरोध सुरू भएको छ । माओवादी केन्द्रले लामालाई ६ महिनाका लागि मन्त्री बनाउनेगरी नाम अगाडि सारेको छ। सांसद नभएको व्यक्ति सरकारमा ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ।