काठमाडौँ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ छिट्टै सुरु हुने भएको छ । अडिशन राउण्डको छायाङ्कन सकिएको र प्रसारणको तयारीमा प्रोमोशन सुरु भएको निर्माण युनिटले जानकारी दिएको हो ।
आयोजकका अनुसार प्रतियोगीताका लागि डिजिटल अडिशनबाट आवेदकमध्ये १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको र उनीहरुबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिएका छन् ।
कान्तिपुर टेलिभिजन र डिजिटल प्लेटफर्म ओ.एस.आरबाट शो आउन लागेको मिडिया एजेन्सी ए.डिले बताएको छ ।
सिजन थ्रिको निर्णायकमा सिन हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहनेछन् ।
यो सिजन पनि कार्यक्रम प्रस्तोतामा रीमा विश्वकर्मा र मेक्सम गौंडेल रहनेछन् । यो सिजका विजेताले पनि नगद रु २५ लाख तथा सोही बराबरको गाडी जित्नेछ ।