काठमाडौं । चार्जर बोकेर सार्वजनिक ठाउँको पावर सकेटमा जोड्दै हिड्ने बानी छ ? या तपाइको चार्जरमा यो एकछिन चार्ज गरिदिनु न भनेर चार्ज गर्न लगाउने गर्नुभएको छ ? छ भने सतर्क रहनुहोस् । तपाइको फोन ह्याक हुन सक्छ ।
ह्याकरले मोबाइलबाट व्यक्तिगत विवरण चोरी गर्ने तथा भाइरस स्टल गरिदिन सक्छन्। यसलाई जुस ज्याकिङ भनिन्छ। मोबाइलमा हामीले जोड्ने जुन केबल प्रयोग गर्छौं त्यसमा मोबाइल चार्ज गर्ने मात्र काम गर्दैन डाटा ट्रान्सफर गर्ने काम पनि गर्ने भएकोले ह्याक हुने सम्भावना धेरै हुन्छ ।
सार्वजनिक ठाउँमा रहेका पावर सकेटलाई ह्याकरले कब्जा गरेका हुनसक्छन् । ह्याकरले पावर सकेटलाई अधीनमा लिएर त्यसमा कुनै डिभाइस इन्सटल गरेको हुनसक्छ। केही हार्डवयर यस्ता आउँछन जसले जुस ज्याकिङको काम गर्छन्।
हामीले ल्यापटपमा मोबाइल जोड्दा अनुमति माग्छ तर जुस ज्याकिङमा सिधैं कनेक्ट हुन्छ। त्यसैले हामीले पावर बैंक बोकेर जानु राम्रो हुन्छ।