काठमाडौँ । बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ ।