इटहरी । फागुन १९ गतेदेखि सुनसरीको इटहरीमा लेखक विजय मल्लद्वारा लिखित ‘बहुला काजीको सपना’ नाटक प्रस्तुत गरिने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन् अनेरास्ववियू सुनसरीको आयोजना नाटक प्रस्तुत गरिने तयारी गरिएको हो ।
नाटक फागुन १९ देखि ३० गतेसम्म तायारिप्ची भवनमा प्रस्तुत गरिने तयारी गरिएको अनेरास्ववियू सुनसरीका अध्यक्ष अतित किरण नेपालले जानकारी दिए ।
उनका अनुसार ‘क्याम्पस थिएटर सिजन १’ नाम दिएर लामो समयदेखि रिहर्सल गरिदैँ आएको थियो । नाटकको रिहर्सल विद्यार्थीहरूले नै गरेको अध्यक्ष नेपालले बताए । नाटकको निर्देशन विद्यार्थी रोशन आचार्यले गरेका हुन् भने नाट्य प्रशिक्षणको लागि कलालय इटहरीले सहयोग गरेको छ ।
११ दिनसम्म सञ्चालन हुने नाटक हेर्नका लागि टिकट मूल्य तीन सय, पाँच सय र एक हजार रुपैयाँ रहेको छ भने विद्यार्थीहरूलाई ५० प्रतिशत छुटको व्यवस्था रहेकोे छ ।
नाटकको औपचारिक उद्घाटन फागुन १९ गते दिउँसो नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई, अनेरास्ववियू केन्द्रीय अध्यक्ष आरती लामा लगायतको उपस्थिति हुने अध्यक्ष नेपालले बताए ।