सरकारी वेबसाइटमा ह्याकरको आक्रमण, विमानस्थलसमेत ठप्प

न्युजलय १४ माघ २०७९, शनिवार ०९:१६ मा प्रकाशित

काठमाडौं । सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएका छन् । नेपाल सरकारअन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् ।

सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलकाअनुसार सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको हो ।