आज र भोलि बालबालिकालाई भिटामिन खुवाइँदै

न्युजलय १८ कार्तिक २०८३, मङ्गलबार ११:४८ मा प्रकाशित

काठमाडौँ ।  सरकारले मंगलबार र बुधबार दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।

कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभाग पोषण शाखाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने जनाएको छ ।