टिकटकमाथि प्रतिबन्धविरुद्धको ७ वटा रिट : प्रारम्भिक सुनुवाइ सोमबार

न्युजलय ३१ कार्तिक २०८०, शुक्रबार ०८:४४ मा प्रकाशित

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध ७ वटा रिट परेको छ । विभिन्न कानुन व्यवशायीहरुले रिट दायर गरेका हुन् । रिट निवेदनहरूमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ। 


प्रारम्भिक सुनुवाइको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।


निवेदनमा तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको माग गरिएको छ।