काठमाडौं । अबदेखि नेपालबाट मेटाका प्लेटफर्म फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र ह्वाट्सएपमा नेपाली रुपैयाँमै विज्ञापन गर्न सकिने भएको छ । फेसबुकको आधिकारिक सेल्स पार्टनर एचटीटीपूल बाई अलेफ नेपालले यस्तो सुविधा उपलब्ध गराउने भएको हो ।
यसो हुँदा एचटीटीपूललाई जति डलरको विज्ञापन गरेको हो त्यति नै नेपाली रुपैयाँ भुक्तानी गर्नुपर्ने छ ।
एचटीटीपूलले विज्ञापन गर्न चाहनेलाई एड अकाउन्ट उपलब्ध गराउँछ । यसरी खर्च भएको पैसाबाट सरकारले १३ प्रतिशत भ्याटसमेत पाउने कम्पनीले जनाएको छ ।