दशैँको टीकाः कति बजे छ उत्तम साइत ?

न्युजलय ३२ भदौ २०८२, बुधबार ०५:११ मा प्रकाशित

काठमाडौँ । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनु पर्ने जनाइएको छ ।

२०८२ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ ।