मंसिर १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द

न्युजलय १९ कार्तिक २०७९, शनिवार ०२:०३ मा प्रकाशित

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रभावित हुने भएको छ । 


शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आगामी मंसिर १ गतेदेखि लाइसेन्सका लागि दिइने अनलाइन आवेदन प्रणाली बन्द हुने जानकारी दिएको हो । निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरु समेत खटिनु पर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको विभागले जनाएको छ ।