काठमाडौं । नेपाल पत्रकार महासंघको ६९ वर्षको इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएको छ । अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट निर्मला शर्मा विजयी भएकी छिन् ।
उनी यस अगाडिको निर्वाचनमा पनि अध्यक्षका लागि प्रतिस्पर्धा गरेकी थिइन् । तर तत्कालीन गठबन्धनबाट प्रेस युनियनका विपुल पोख्रेलले जितेका थिए ।
यो पटक शर्माले प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट उठेका रमेश विष्टलाई १२ सय भन्दा बढी मतान्तरले पराजित गरेकी हुन् । यसको पूर्ण जनकारी दिउँसो १ बजेपछि जानकारी गराइने बताइएको छ ।
आधिकारिक घोषणा नभए पनि निर्मलाको जित सुनिश्चित भएको निर्वाचन आयोगका सदस्यको भनाइ छ ।