इटहरी । सुपर सुरेश भनेर चिनिएका सुरेश कार्की पेशाले सरकारी कर्मचारी हुन् । तर उनको रुची सानैदेखि गीतसंगीतमा तीव्र थियो ।
रुची भएर पनि विभिन्न कारणले संगीतमा अघि बढ्न नसकेका कार्कीले अब भने नयाँ उचाइबाट आफूलाई अघि बढाउने भएका छन् । उनले हालैमात्र रेश्मा बोलको गीत रेकर्ड गराएका छन् । एक समयका चर्चित कमेडियन गायक प्रकाश ओझासँग उनले उक्त गीत रेकर्ड गराएका हुन् । गीतमा शब्द र संगीत कार्की आफैले दिएका छन् भने काठमाडौको स्टुडियो ७ मा गीत रेकर्ड गरिएको हो ।
गीत म्युजिक भिडियोसहित भदौ १ गते आउने कार्कीले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,
सुपर हुनेछ भेट : भदौको एक : रेश्मा रिलिज डेट