२०७८ साल मङ्सिर १३ गते सोमबार

मिस वर्ल्ड २०२१ को लागि शनिबार अमेरिका जाँदै नम्रता

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०९:२० मा प्रकाशित
काठमाडौं । मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ आगामी शनिबार मिस वर्ल्ड २०२१ मा भाग लिन अमेरिका जाने भएकी छिन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्डका लागि उनी नोभेम्बर २० अर्थात् मंसिर ४ गते त्यसतर्फ उड्न लागेकी हुन् ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो । मिस नेपाल विजेताहरू प्रतियोगिताका लागि तयार रहेको आयोजकको भनाइ छ । 

कार्यक्रममा नम्रताले ५० लाख लगानीमा धादिङमा निर्माण गरेको पुलसम्बन्धी डकुमेन्ट्र देखाइएको थियो । केही दिन अगाडि नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ र द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।