सन्दीपलाई एक खेलमा प्रतिबन्ध

न्युजलय ८ माघ २०८१, मङ्गलबार ०३:०० मा प्रकाशित

काठमाडौ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ। 

अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । 

जय ट्रफीको क्रममा उनले सामाजिक सञ्जालमा निर्णायकविरुद्ध टिप्पणी गरेपछि क्यानले कारबाही गरेको बताइएको छ । यस्तै क्यानले उनलाई स्पष्टीकरण पनि सोधेको छ।