काठमाडौँ । भारतको चर्चित धार्मिक स्थल केदारनाथ धाम जाने बाटोमा आइतबार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अचानक पहिरो खस्दा तीन तीर्थयात्रीको मृत्यु भएको र पाँच जना घाइते भएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।
घटनामा थप कति धनजनको क्षति भयो भनेर स्पष्ट जानकारी आउन बाँकी छ । राहत र उद्धार कार्य जारी रहेको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि गौरीकुन्ड अस्पताल लगिएको छ ।
घटना बिहान सात बजेको भएको बताइएको छ । घटनाको सूचना पाउने बित्तिकै प्रहरी प्रशासनको टोली घटनास्थलमा पुगेका थिए । गौरीकुन्ड–केदारनाथ पैदयमार्ग १६ किमी लामो छ । वर्षात्को मौसममा पहाडबाट ढुङ्गा खस्ने, पहिरो झर्ने जस्ता दुर्घटना भइरहन्छन् ।