लामिछानेलाई सहकारीभन्दा बढी शुद्धिकरणको लफडा, सांसदबाट निलम्बित

न्युजलय ७ पुस २०८१, आइतबार ०४:२८ मा प्रकाशित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद निलम्बनमा परेको छ । आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएसँगै उनको सांसद पद निलम्बनमा परेको हो ।


सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वत निलम्बन हुने व्यवस्था छ । सरकारी वकिल कार्यालयले रविको २७ करोड बढीको सम्पत्तीको स्रोत नभेटिएको जनाएको छ । सो बराबरको रकम सम्पत्ती शुद्धिकरणमा बिगो मागेको छ भने सहकारी ठगीमा तीन करोड ३७ लाख गरी कुल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ ।