नेप्से ८.१४ अंकले घट्यो

न्युजलय १७ बैशाख २०८२, बुधबार ०३:५७ मा प्रकाशित

काठमाडौं । सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। 

नेप्से परिसूचक आज ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा अडिएको छ। 

नेप्से घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। आज ३१४ स्क्रिप्सको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ९ अर्ब ३७ करोड  ४१ लाख २२ हजार ६५५ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ७ अर्ब मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से घटेपनि तीन कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो।