६५ वर्षको उमेरमा तेस्रो विवाह गर्दै भुवन केसी

न्युजलय १० कार्तिक २०७९, बिहिबार ०३:१३ मा प्रकाशित

काठमाडौं । नायक तथा चलचित्र निर्माता भुवन केसीले विवाह गर्ने भएका छन् । ६५ वर्ष उमेर पुगेका केसीले करिब सात वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । उनी जिया केसीसँग लिभिङ टुगेदरमा छन् । 

भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ थिए । तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित नेपाली मिडिया समाज टाइम्ससँग कुरा गर्दै तेस्रो बिहेलाई साकार रुप दिनेबारे बताएका हुन् । उनले त्यहाँ जियाको नाम भने लिएनन् ।