२०७८ साल माघ ६ गते बिहिबार

देशभर चिसो बढ्यो, पहाडी तथा हिमाली भेगमा हिमपात

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०८:३३ मा प्रकाशित
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेको जनाएको छ ।

महाशाखाले आज (मंगलबार) बिहान मौसम विश्लेषणसम्बन्धी एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

जसअनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।