कमेडियन राजु श्रीवास्तव २३ दिनदेखि अस्पतालमा

न्युजलय १८ भदौ २०७९, शनिवार ०९:०५ मा प्रकाशित

काठमाडौं । हाँस्यकलाकार राजु श्रीवास्तव २३ दिनदेखि अस्पतालमा छन् । 

 

राजु निकै कठिन समयबाट गुज्रिरहेका छन् । हृदयघात भएपछि उनलाई अगस्ट १० मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । 

 

हाँस्य कलाकारको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । यसै क्रममा उनको स्वास्थ्यको बारेमा नयाँ अपडेट आएको छ ।

 

हालै समाचार एजेन्सी एएनआईले राजु श्रीवास्तवको स्वास्थ्यको बारेमा जानकारी दिएको छ । 

 

राजु श्रीवास्तवको स्वास्थ्यमा केही सुधार आएको छ । यद्यपि उनी अझै भेन्टिलेटरमा छन्।