२०७८ साल मङ्सिर १३ गते सोमबार

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ सभापतिमा सुवेदी विजयी

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार ०७:०९ मा प्रकाशित

इटहरी । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ को सभापतिमा लीलामणी सुवेदी विजयी भएका छन् । उनले मणिराम श्रेष्ठलाई हराउँदै सभापतीमा जित हात पारेका हुन् । श्रेष्ठले ३६२ मत प्राप्त गर्दा सुवेदीले ४८८ मत प्राप्त गरेका थिए ।

यस्तै, सचिवमा मनोज कुमार चौधरी र कृष्णदेव मेहता निर्वाचित भएका छन् । सहसचिवमा खेमराज पोखरेल (नवीन) र शत्रुधन शाह निर्वाचित भएका छन् ।

इटहरी वडा नं. २० का वडाध्यक्षसमेत रहेका श्रेष्ठले पार्टीको आन्तरिक चुनाव भएका कारण कसैको जीत वा हार नभई पार्टी एकीकरणका निम्ति पहल गर्ने बताए । श्रेष्ठ इटहरीका लोकप्रिय वडाध्यक्षमध्ये पर्छन् ।