इटहरी । इटहरीमा आइतबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार श्रीमान–श्रीमतीको मृत्यु भएको छ । इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकल दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । तर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको म्याजिक भ्यानले पकलीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ । सवारीको खोजी भइरहेको इटहरी प्रहरीले जनाएको छ ।