२०७८ साल कार्तिक ७ गते अाईतबार

थप ७ सय ८५ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

न्युजलय २५ असोज २०७८, सोमबार ०४:२२ मा प्रकाशित


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यही अवधिमा थप ८ सय ८८ जना कोरोना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।