२०७८ साल कार्तिक ७ गते अाईतबार

पारस खड्कासहित ५ जनाले क्रिकेट एकेडेमी चलाउँदै

न्युजलय २७ असोज २०७८, बुधबार १२:२९ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित ५ जनाले क्रिकेट एकेडेमी चलाउने भएका छन् । क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) नामसमेत टुंगो गरिएको छ । गत साउनमा नेपाली क्रिकेट टोलीबाट सन्न्यास लिएका पारसले मंगलबार एकेडेमीको नाम र लोगो सार्वजनिक गरेका छन् ।

पारससँगै कप्तान ज्ञानेन्द्र मल्ल, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य छुम्बी लामा तथा पूर्व खेलाडी प्रफुल्ल वैद्य र नगेन्द्र भट्टराईसहित पाँच जनाको टिमले एकेडेमी सञ्चालनमा ल्याउन लागेका हुन् । पुर्व राष्ट्रिय खेलाडी वैद्य धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सका मालिक हुन् । त्यस्तै भट्टराई यसअघि बालुवाटार क्रिकेट एकेडेमीमा आवद्ध थिए । 

सिइसी एकेडेमी बालुवाटारमा निर्माण हुनेछ । पारसका अनुसार उक्त एकेडेमी आगमी नोभेम्बर देखि सञ्चालनमा ल्याउने गरि तयारी भइरहेको छ । 

एकेडेमीको धेरै शाखाहरु सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।