२०७८ साल माघ ६ गते बिहिबार

बलिउड फिल्म ‘एनिमल’ मा अभिनय गर्दै विपिन

न्युजलय २८ पुस २०७८, बुधबार ११:१३ मा प्रकाशित

काठमाडौं । अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा अभिनय गर्ने भएका छन् । 

‘एनिमल’ को मुख्य भूमिकाका लागि उनी छनौटमा परेका हुन् । फिल्म अभिनय बिषयमा आफ्नो कुरो पक्की भएको अभिनेता विपिनले बताए ।

सन्दिप रेड्डी भांगाले निर्देशन गर्न लागेको ‘एनिमल’ मा रणवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडा लगायतको अभिनय रहनेछ । निर्माण युनिटले फिल्मको फष्टलुक समेत सार्वजनिक गरेको छ । 

विपिनको यो पहिलो बलिउड फिल्म हो ।