मोरङको ग्रामथानमा अहिलेसम्म ४५ प्रतिशत मत खस्यो

न्युजलय १६ मङ्सिर २०८१, आइतबार ०२:५२ मा प्रकाशित

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ११ हजारभन्दा बढी मत खसेको छ। 

हालसम्म करिब ४५ प्रतिशत मत खसेको जनाउँदै गाउँपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले ११ हजार ६ सय २८ मत खसेको जनाएको हो।

गाउँपालिकामा कुल २६ हजार ४४ मतदाता रहेको जनाउँदै कार्यालयले मतदान प्रक्रिया बेलुका ५ बजेसम्म रहने उल्लेख गरेको छ।