लण्डनका लागि उडेको केही बेरमै एयर इन्डियाको बोइङ दुर्घटनामा

न्युजलय ३० जेठ २०८२, बिहिबार ०२:५२ मा प्रकाशित

मुम्बई । सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल अहमदाबादबाट उडान भरेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा परेको छ।


लण्डनका लागि उडेको केही बेरमै स्थानीय मेघानी क्षेत्रमा खसेको हो । दुर्घटनापछि कालो धुवाँको विशाल मुस्लो आकाशमा देखिएको छ । घटनास्थलमा तुरुन्तै उद्धार तथा आपतकालीन टोली परिचालन गरिएको छ। 


बिमानमा २४२ जना यात्रीहरु रहेको बताएको छ । मानवीय क्षतिको विवरण आउन बाँकी छ। अधिकारीहरू घटनाको अनुसन्धानमा जुटेका छन्।