एलआइसी नेपालले माग्यो कर्मचारी

न्युजलय ४ चैत २०७८, शुक्रबार ०८:४१ मा प्रकाशित

काठमाडौं । एलआइसी नेपालले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट, सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।


कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।