काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई ‘ब्यालेन्स फन्ड’ स्थापना गरी सहुलियत कर्जा दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन्। उनले युवा उद्यमी र वैदेशिक रोजगारवाट फर्केका लागि ब्यालेन्स फन्ड बनाई सहुलियत कर्जा उपलब्ध गराइने बताए ।
वैदेशिक रोजगारीवाट फर्केकाहरुले नेपालमा केही गर्न खोज्दा सरकारले सहयोग नगरेको आरोप लागेको अवस्थामा सरकारले यस्तो नीति ल्याएको हो।