युएईको एक कम्पनीले माग्यो ८१ जना नेपाली कामदार

न्युजलय २४ बैशाख २०७९, शनिवार ०९:०८ मा प्रकाशित

काठमाडौं । युएईको एक कम्पनीले फ्रि भिषा, फ्रि टिकट र शून्य लागतमा भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । युएई सहरमा रहेको एक कम्पनीले ५७ जना पुरुष र २४ जना महिला गरी जम्मा ८१ जना नेपाली कामदारको माग गरेको हो ।


न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।


कामदारले खान बस्नेसहित तलब ३९ हजार बढि पाउनेछन् । इच्छुक कामदारले अजिटस् मेनेजमेन्ट एण्ड डेप्लोमेन्ट कम्पनी प्रालिको  कार्यालय सिनामंगल काठमाडौंमा जेठ १ गते अन्तरवार्ता दिनु पर्ने छ ।


स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिषा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ भने हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।