काठमाडौं । सेयर बजार परिसूचक सोमबार ९.१९ अंकले बढेको छ । योसँगै बजार २६३१.४८ विन्दु कायम छ ।
१४५ कम्पनीको सेयर मूल्य बढेको छ । १०३ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
बजार बढे पनि कारोबार रकम घटेको छ । ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर ६३ हजार ३७१ पटकमा खरिद–बिक्री भएको हो ।