धनकुटा । धनकुटाको पाख्रीबासमा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
पाख्रीबास नगरपालिका–५, गुराँसेडाँडाका ३५ वर्षीया आशा तामाङ र उनकी आमा करिब ५० वर्षीया रामकुमारी तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।
शनिबार बिहान पहिरो चलेपछि आमाछोरी सामान निकाल्न घरभित्र जान खोज्दा पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ