Newslaya Home

स्वास्थ्य

  • उदयपुरमा निःशूल्क एम्बुलेन्स सेवा

    न्यूजलय बुधबार १२, चैत २०७६

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा निःशूल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।

    स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीको अध्यक्षतामा नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र जनताको सहजताका लागि यस्तो निर्णय गरेको हो ।

    नगरपालिका क्षेत्रभित्र कोरोना भाइरस भित्रिन नदिन नगरका....

  • सङ्क्रमितले खोक्दा वा हाछ्यूँ गर्दा निस्कने तरल पदार्थ तीन घण्टासम्म बाँच्छ !

    न्यूजलय सोमबार १०, चैत २०७६

    काठमाडौं । कोरोना भाइरस सङ्क्रमितले खोक्दा वा हाछ्यूँ गर्दा निस्कने तरल पदार्थ अर्थात एअरसोईल्डमा तीन घण्टासम्म बाँच्ने देखिएको छ ।

    अमेरिकाको नेशनल इन्स्टीट्यूट अफ हेल्थले गरेको अध्ययनअनुसार यस्तो थोपा हावामै रहँदा भाइरस तीन घण्टासम्म बाँच्ने देखिएको हो ।

    त्यो भाइरस कागजमा परेमा २४ घण्टा र....

  • कोरोनाको आशंकामा सुदूरपश्चिमकी महिला सांसद अस्पताल भर्ना

    न्यूजलय आइतबार ०९, चैत २०७६

    काठमाडौं । कोरोना भाइरसको संक्रमण भएको आशंकामा सुदूरपश्चिम प्रदेशसभाकी एक महिला सांसदलाई अस्पताल भर्ना गरिएको छ ।

    नाम सार्वजनिक नगरिएको उनलाई रुघाखोकी र ज्वरो देखिएपछि शुक्रबार सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको हो । उनको नमुना संकलनका लागि काठमाडौं पठाइएपनि रिपोर्ट आइनसकेको बताइएको छ....

  • कोरोनाभाइरस : शरीर बाहिर कति बाँच्छ ?

    न्यूजलय आइतबार ०९, चैत २०७६

    बिबिसि । जति कोरोनाभाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको छ।

    संसारभर मानिसहरूले नयाँ अभ्यास शुरू गरेको देख्न सकिन्छ। यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाई उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने छन्।

    कोरोनाभाइरसको....

  • विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा राखियो

    न्यूजलय शनिबार ०८, चैत २०७६

    काठमाण्डौ । जापान, मलेसियालगायत मुलुकबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ ।

    शनिबार सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरका हुन् ।
    ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेका उनीहरु आफूखुसी नेपाल आएका कारण....

  • निद्रामा बर्बराउने बानी छ ? यसो गर्नुहोस्

    न्यूजलय बुधबार ०५, चैत २०७६

    स्वस्थ रहनका लागि निद्रा अत्यावश्यक छ । निद्राको प्रकृति व्यक्तिपिच्छे फरक हुन्छ । कोहीलाई निद्रा पर्न घन्टौँ लाग्छ भने कोही एकै छिनमा निदाउने गर्छन् । सामान्यतया निद्रा दुई किसिमको हुन्छ, रेम स्लिप र नन रेम स्लिप । नन रेम स्लिप सामान्य खालको निद्रा हो, अर्थात्....

  • इनरुवा नगरपालिकामा सेनिटाइजरको प्रयोग अनिवार्य

    न्यूजलय मङ्गलबार ०४, चैत २०७६

    इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा प्रवेश गर्नका लागि सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

    नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग अनिवार्य गरेको हो ।

    व्यक्तिगत सरसफाई र कोरोनाको जोखिमलाई मध्यनजर गरी कार्यालय प्रवेश अघि सेनिटाइजरले हात सफा गर्ने व्यवस्था....

  • ४३ वर्षीया महिलामाथि कोरोना भ्याक्सिनको परीक्षण, ६ हप्ता अनुसन्धान हुने

    न्यूजलय मङ्गलबार ०४, चैत २०७६

    काठमाडौं । अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसको पहिलो भ्याक्सिनको परीक्षण गरेका छन् । उनीहरुले सिएटलमा पहिलो पटक एउटी महिलामाथि कोरोना खोप परीक्षण गरेका हुन् ।

    सिएटलको रिसर्च इन्स्टिच्युटका एक चिकित्सकले महिलालाई कोरोना भाइरसको भ्याक्सिन लगाएका हुन् । चीनमा कोरोना भाइरस पहिचान भएपछि केपीडब्ल्यु अनुसन्धान संस्थानका....

  • होलीको रंगबाट आँखालाई कसरी जोगाउने ?

    न्यूजलय सोमबार २६, फागुन २०७६

    आज देशको हिमालीसहित पहाडी जिल्लाहरुमा होली मनाइँदै छ ।

    कोरोना भाइरसको महामारीका कारण होली नखेल्न सरकारको आग्रहमा तुलनात्मक रुपमा होलीको माहौल कम भएपनि यो पर्वमा रमाउनेहरुको भने कमी छैन ।

    तर होली खेल्दा केही कुरामा सावधानी पुर्‍याउन सकिएन भने स्वास्थ्यमा गम्भिर समस्या हुनसक्छ । विशेषगरी....

  • यस्ता छन् प्याज खानुका फाइदा

    न्यूजलय सोमबार २६, फागुन २०७६

    तपाइमा भर पर्छ प्याजलाई काँचै खाने की पकाएर खाने । यदि तपाइले काँचो प्याज खानुभयो भने यसमा भरपुर मात्रामा अर्गानिक सल्फर पाइने गर्छ । जसको धेरै मात्रामा फाइदा रहेको छ ।

    यसका साथै पकाइएको प्याजमा फाइबर तथा कपरको मात्रा पाइन्छ । जसले पाचन प्रक्रिया तथा....