काठमाडौं । प्रसिद्ध गायक राजु लामाले ओसियाना क्षेत्रको सर्वोच्च पर्वत कार्सटेन्ज पिरामिड (पन्साक जया) सफलतापूर्वक आरोहण गरेका छन्। इन्डोनेसियामा अवस्थित यो पर्वत ४,८८४ मिटर उचाइमा रहेको छ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो यो उपलब्धि सार्वजनिक गर्दै शुक्रबार बिहान ७ बजेर ४० मिनेटमा शिखरमा पुगेको जानकारी दिएका छन्।
शिखरमा पुगेर उनले नेपालको राष्ट्रिय ध्वजा फर्फराउँदै आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’ र आफ्ना संगीतप्रेमी प्रशंसकहरूलाई सम्झिए।