Newslaya Home

समाज

  • विश्वमै लोपन्मुख सेतो गिद्ध फेला

    न्यूजलय बिहीबार १९, साउन २०७४

    जाजरकोट । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा विश्वमै दुर्लभ अवस्थाको सेतो गिद्ध फेला परेको छ ।
    पंक्षी संरक्षण संघ नेपालका सदस्य रहेका जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिहले दुई वर्ष देखि नदिएको गिद्ध हालै फेला परेको बताए ।
    केही समय अघि जिल्लाको....

  • झोलुङ्गे पुलबाट खसेर एक बालिकाको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    रुपन्देही । बुटवलमा झोलुङ्गे पुलबाट खसेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन वर्षकी बालिका अतिथि गैरे रहेकी छिन् ।
    बुटवल बेलबासको तिनाउँ नदीको झलुङ्गे पुलबाट खसेर बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाकोे भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा....

  • मुग्लिन–नारायणगढ सडकमा पहिरो खस्दा एकजनाको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    चितवन । मुग्लिन–नारायणगढ सडकमा अहिलेसम्मकै ठूलो पहिरो गएको छ । चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को कालीखोलामा पहिरो गएको हो । पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ६१ वर्षिय एकबहादुर मगर रहेका छन् ।
    दिउँसो १ बजे पहिरो हेर्दैगर्दा....

  • बलिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

    न्यूजलय बिहीबार १९, साउन २०७४

    धादिङ । धादिङमा आफ्नै बालिकालाई बलात्कार गरेको आरेपमा एक शिक्षक पक्राउ परेका छन् । आरोगल्छी गाउँपालिका—७ मा रहेको सक्सेस एकेडेमीका एक शिक्षक बलात्कारको आरोपमा बिहीबार पक्राउ परेका हुन् ।
    एक निजी विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका—१ का २४ वर्षका....

  • राजपाका कार्यकर्ताद्वारा प्रहरी सवार बस तोडफोड

    न्यूजलय बिहीबार १९, साउन २०७४

    सिरहा । स्थानीय तह निर्वाचनको विरोधमा आन्दोलनरत राजपा नेपालका कार्यकर्ताले शुक्रवार बिहान नेपाल प्रहरी सवार एक बसमा तोडफोड गरेका छन् ।
    पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा काठमाडौँबाट सुनसरीका लागि हिँडेका ना ५ ख १४४० नम्बरको बसमा राजपाका कार्यकर्ताले तोडफोड गरेका हुन् । बजार बन्द....

  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

    न्यूजलय बिहीबार १९, साउन २०७४

    काठमाडौं । परिक्षा नियन्त्रण कार्यालयल सानोठिमीले माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।

    ग्रेडिङ सिस्टममा सार्वजनिक नतिजाअनुसार रेगुलरतर्फ चार लाख....

  • दुई व्यक्तिका नागरिकता प्रमाणपत्र भेटिए

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । हराएका सामानहरु सम्बन्धित धनीलाई बुझाउन न्यूजलयले सुरु गरेको लस्ट एण्ड फाउण्ड अभियानअन्तर्गत यो पटक हामीसँग एउटा नागरिकता र अर्को नागरिकताको प्रतिलिपी फेला परेको छ ।तेह्रथुमको आम्थुङ्ग ३ मा जन्मेका इन्द्रबहादुर गुरुङको नागरिकताको प्रथम प्रतिलिपी न्यूजलयले फेला पारेको छ ।
    यसैगरी भोजपुरको खैराङ....

  • भीरबाट लड्दा एक महिलाको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    उदयपुर । उदयपुरमा भीरबाट खस्दा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा को गढी गाउँपालिका–६ की ६५ वर्षीया माया राई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
    भीरबाट लडेर फेदीमा झरेर राईको ज्यान गएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी ओम बहादुर रानाले....

  • बलात्कार घटनाको बिरोध स्वरुप इटहरीमा प्रदर्शन गरिने

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । महोत्तरीमा २० वर्षीया ब्युुटिसियन महिलाको सामूहिक बलात्कार गर्नेलाई कारबाहीको माग गर्दै इटहरीमा पनि प्रदर्शन गरिने भएको छ । बलत्कार घटनाको भत्र्सना गर्दै शनिबार इटहरीमा जुलुस प्रदर्शन गरिने भएको हो ।
    सौन्दर्यकला व्यवसायी संघ नेपाल जिल्ला कार्यसमिति, इटहरी तथा धरान नगर समितिको आयोजना....

  • ब्रेन ट्युमरबाट पीडित एलिनाको मृत्यु

    न्यूजलय बिहीबार १९, साउन २०७४

    इटहरी । लामो समयदेखि उपचाररत इटहरी-५कीकी एलिना तामाङको गए राती मृत्यु भएको छ । ब्रेन ट्युमरबाट पीडित बनेकी १९ वर्षीया तामाङको करिब १४  महिनादेखि विभिन्न अस्पतालमा उपचार भईरहेको थियो । करिब दुइ महिना अघिदेखि बिराटनगरको नोबेल अस्पतालमा उपचार गराईरहेकी तामाङलाइ  २ हप्ता अघि भारत लगिएको....