Newslaya Home

समाज

  • ​​अस्पतालको लापरवाहीका कारण गर्भवती महिलाको मृत्यु

    न्यूजलय शुक्रबार १८, फागुन २०७४

    सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्रसुती गराउन भर्ना भएकी एक महिलाको मृत्यु भएको छ ।
    अस्पतालमा प्रसुती गराउन गएकी सप्तरी बिष्णुपुर गाउँपालिका १ पर्साहीकी अनिता यादवको ज्यान गएको हो ।
    गत १५ फागुनमा अस्पताल भर्ना भएकी २४ बर्षीया उनलाई बुधबार....

  • ८ वर्षीया बालिकालाई माछाको प्रलोभनमा पारी सामूहिक बालात्कार

    न्यूजलय शुक्रबार १८, फागुन २०७४

    वीरगञ्ज । माछाको प्रलोभनमा पारी आठ वर्षीया एक बालिकालाई तीन जना युवकले सामूहिक बालात्कार गरेका छन् । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई तीन जना युवकले बलात्कार गरेका हुन् ।
    बालत्कारबाट गम्भिर घाइते भएकी बालिकाको....

  • ​७ बर्षिय बालीकाको ६५ बर्षिय बृद्धद्धारा बलात्कार

    न्यूजलय बिहीबार १७, फागुन २०७४

    धरान । धरान ६ पानबारीमा ६५ वर्षिय एक वृद्धले एक सात वर्षिया बालिकालाई बलात्कार गरेका छन् । 
    पानबारीको रायचौरी स्थित सुकुम्बासी वस्तीमा वसोवास गर्ने ६५ वर्षिय रत्न बहादुर परियारले छिमेकी बालिकालाई बलात्कार गरेका हुन् ।
    गय राती १२ वजे घरमा कोही नभएको मौकामा....

  • ​फागु महोत्सवमा प्रहरीमाथि हातपात र तोडफोड

    न्यूजलय बिहीबार १७, फागुन २०७४

    नुवाकोट । नुवाकोटमा फागु पूर्णिमाका अवसरमा स्थानीय बट्टारमा आयोजित सांगीतिक कार्यक्रममा झडप भएको छ ।
    विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्ने चार जना पक्राउ परेको गरिएको प्रहरीले जनाएको छ । 
    पक्राउ....

  • ​मोरङको दुई वटा दुर्घटनामा ५ जना घाइते

    न्यूजलय बिहीबार १७, फागुन २०७४

    विराटनगर । मोरङको छुट्टा छुट्टै दुई स्थानमा विहीबार सवारी दुर्घटना भएको छ । दुई स्थानको सवारी दुर्घटनामा परि ५ जना घाइते भएका छन्।
    सुन्दरहरैचा नगरपालिका–१ स्थित बिराटनगर–बिराटचोक सडक खण्डमा विहान ९ बजे को ३३ प ३७१६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल चालक सुन्दरहरैचा....

  • स्मार्ट सिटिदेखि माटोबिना उब्जनि गर्ने प्रविधिसम्म देखाए विद्यार्थीले (फोटो फिचरसहित)

    न्यूजलय बिहीबार १७, फागुन २०७४

    इटहरी । इटहरीस्थित कोशी सेन्ट जेम्स उच्च माविका विद्यार्थीहरुले शैक्षिक तथा वैज्ञानिक प्रदर्शनी गरेका छन् । प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञानका विभिन्न प्रयोग देखाएका थिए भने स्मार्ट सिटिका मोडलहरुसमेत बनाएका थिए ।
    एक सय बढी स्टलहरु राखिएको प्रदर्शनीलाई शिक्षक, विद्यार्थी तथा अविभावकले उत्सुकतापूर्वक हेरेका थिए ।....

  • काजमा लगिएका हात्ती फर्काइएन

    न्यूजलय बिहीबार १७, फागुन २०७४

    इटहरी । कोशी टप्पु वन्य जन्तु आरक्षका दरवन्दीका हात्तीहरु चितवन राष्ट्रिय निकुञ्जमा पठाइएका कारण पर्यटकहरुको संख्या घटेको भन्दै आरक्षमै फर्काउनु पर्नेमा जोड दिन थालिएको छ ।
    आरक्ष क्षेत्रमा आउने पर्यटकहरु हात्तीमा सयर गरी आरक्ष घुम्न रमाउने भएकाले हात्तीको संख्या कम भएका कारण पनि पर्यटकहरु....

  • ​प्रहरी कार्यालयनजिकै गोली चल्यो, १ जना घाइते

    न्यूजलय बिहीबार १७, फागुन २०७४

    वीरगञ्ज । वीरगन्जमा अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागी एक युवक गम्भीर घाइते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय भन्दा पश्चिममा रहेको रातोबंगला अगाडि हतियारधारीले प्रहार गरेको गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् ।
    घाइते....

  • ​दुहवीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

    न्यूजलय बिहीबार १७, फागुन २०७४

    इटहरी । दुहवीमा बुधबार राति सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका–८ मा पिकअपले ट्याम्पोलाई ठक्कर दिँदा ट्याम्पोमा सवार इटहरी उपमहानगरपालिका–५ का ३० वर्षीय अनुज भुजलेको मृत्यु भएको हो ।
    बा८च ४०५५ नम्बरको पिकअपले को१ह ७११ नम्बरको ट्याम्पोलाई ठक्कर दिँदा....

  • आफ्नै बच्चा फाल्ने महिलाविरुद्ध मुद्दा दर्ता

    न्यूजलय बुधबार १६, फागुन २०७४

    भोजपुर । सालनालसहितको शिशु फाल्ने महिलालाई भोजपुर प्रहरीले पक्राउ गरेको छ ।   भोजपुरको उत्तरी षडानन्द ६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएको शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेको छ । 
    मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।....