Newslaya Home

समाज

  • प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

    न्यूजलय मङ्गलबार ०७, कार्तिक २०७४

    काठमाडौं । नेपाल विद्युत प्राधिकरण, खजुरा नोलाईट शाखा बाँकेका प्राविधिक जयराम न्यौपाने घुसहित पक्राउ परेका छन् । 
    सेवाग्राहीसँग विद्युत मिटर जडान कार्य गरिदिनका लागि घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटीएको टोलीले न्यौपानेलाई नौ हजार घुससहित रंगेहात....

  • ​छठ पर्व शुरु

    न्यूजलय मङ्गलबार ०७, कार्तिक २०७४

    काठमाडौँ । सूर्यदेवको पूजा गरी मनाइने छठ पर्व सोमबार ‘अरबा–अर्बाइन’ विधिसँगै शुरु भएको छ । 
    कात्र्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान....

  • ​म्यादीमा भर्ना हुन दौडेका घिमिरेको मृत्यु

    न्यूजलय मङ्गलबार ०७, कार्तिक २०७४

    काठमाडौं । म्यादी प्रहरीमा भर्नाका लागि गरिएको दौडका क्रममा एक सहभागीको मृत्यु भएको छ । हेटौँडाको हुप्रचौरमा दौडमा सहभागी भएका बकैया गाउँपालिका–४ का २४ वर्षीय प्रेमप्रसाद घिमिरेको मृत्यु भएको हो । 
    हुप्रचौरमा दौडको छनौटको क्रममा केही समय दौडिएपछि घिमिरे ढलेका थिए । घिमिरेलाई उपचारको....

  • ​मोरङमा आगलागी, ६७ लाखको क्षति

    न्यूजलय सोमबार ०६, कार्तिक २०७४

    मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–५ मा बसोबास गर्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी भएको छ । उक्त आगलागीबाट ६७ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
    साँझ सात बजेतिर कार्कीको दुई तले घरमा विद्युत् चुहिएर आगलागी भएको बताइएको छ । प्रहरीका....

  • ​इटहरीमा खुल्यो स्वरोजगार तालिम केन्द्र

    न्यूजलय सोमबार ०६, कार्तिक २०७४

    इटहरी । इटहरीमा स्वरोजगार तालिम केन्द्र स्थापना भएको छ । लामो समयदेखि विभिन्न संस्थामा सीप सिकाउँदै आएका युवाले उक्त केन्द्र स्थापना गरेका हुन् । 
    विगत सात वर्षदेखि अन्य संस्थामा तालिम सिकाउँदै आएका केन्द्रका संचालक टंक भण्डारीले केही तालिमपछि रोजगारको समेत व्यवस्था गरेकोे बताए  ।....

  • बेपत्ता बालक मृत फेला

    न्यूजलय सोमबार ०६, कार्तिक २०७४

    सिरहा । सिरहाको कर्जन्हा–२ बन्दीपुरबाट कात्तिक तीन गते हराएका बालक मृत फेला परेका छन् । सोही ठाउँका कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादव मृत अवस्थामा आफ्नै घर नजिकैको कमला नहरको नर्सरीमा आइतबार बेलुका भेटिएका हुन् । 
    अशेष आफ्नै घरबाट हराएपछि परिवारले प्रहरीमा उजुरी....

  • प्रहरी प्रमुख बन्न राष्ट्रसंघबाट राजीनामा दिएर स्वदेश फर्किंदै रमेश खरेल

    न्यूजलय आइतबार ०५, कार्तिक २०७४

    काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका डीआईजी रमेश खरेल स्वदेश फर्कँदैछन् । धेरै प्रहरी र प्रहरी अधिकृतको रोजाईमा पर्ने गरेको राष्ट्र संघको यस्तो जिम्मेवारी अवधि नसकिँदै राजीनामा दिएर स्वदेश फर्किंदै छन् ।
    सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी)मा पी ४ अधिकृतका....

  • झापामा मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

    न्यूजलय आइतबार ०५, कार्तिक २०७४

    झापा । मेची राजमार्ग अन्तर्गत झापाको बुद्धशान्ति–७ बर्नेमा मोटरसाइकलको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य दुई जना घाइते समेत भएका छन् ।
    मे ६ प ९५०५ नम्बरको मोटरसाइकलको ठक्करबाट बुद्धशान्ति–४ का बिशाल बुढाथोकीको मृत्यु भएको हो । इलाका....

  • वडाध्यक्षले बाडिन घरदैलोमै पुगेर सुरक्षा भत्ता

    न्यूजलय आइतबार ०५, कार्तिक २०७४

    पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१० कि वडाध्यक्ष बिना थाम्सुहाङले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेकी छन् । वडाध्यक्षले नै आफ्नो घरमा आएर सुरक्षा भत्ता प्रदान गर्दा सेवाग्राही खुसी भएका छन् ।
    निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धता वडाध्यक्षले पुरा गर्दा आफुहरु ज्यादै नै....

  • ​बेलबारीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

    न्यूजलय आइतबार ०५, कार्तिक २०७४

    मोरङ । मोरङको बेलबारी–११ स्थित भित्री सडकखन्डमा शनिबार मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ । 
    मृत्यु हुनेमा सोही ठाउँकी ४२ वर्षीय अन्जिला श्रेष्ठ रहेकी छन् । उनलाई को१२प ३२८ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो । कइलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक....