Newslaya Home

समाज

  • ​झापामा डेंगु नियन्त्रणका लागि नौ दिने अभियान सुरु

    न्यूजलय बिहीबार ०९, कार्तिक २०७४

    दमक । झापामा डेंगुको संक्रमण धेरै मात्रामा बढ्न थालेपछि भद्रपुर नगरपालिकाले डेंगु नियन्त्रणका लागि नौ दिने अभियान सुरु गरेको छ ।
    बुधबारदेखि नगरपालिकाले नगर क्षेत्रभित्र आसपी जाइन्ट फोगर मेसिन खरिद गरी औषधि छर्कने अभियान थालेको हो । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नौ दिनसम्म नगर....

  • ​सुन्दरहरैंचामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    न्यूजलय बिहीबार ०९, कार्तिक २०७४

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि, कर्मचारि र स्थानिय विकास मन्त्रालयका सचिव तथा सहसचिवबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    सुन्दरहरैंचाका नगरप्रमुख शिवप्रसाद ढकालको सभापतित्वमा बुधबार भएको उक्त कार्यक्रममा बोल्दै ढकालले जनताको काम २४ सै घण्टा खटेर सवै मिलेर  गरिरहेको बताए । उनले....

  • ​पत्रकारिता तालिम सुरु

    न्यूजलय बुधबार ०८, कार्तिक २०७४

    इटहरी । इटहरीमा पत्रकारिता तालिम सुरु भएको छ । नेप्ली मिडिया प्रा लिले सात दिने पत्रकारिता तालिम सुरु गरेको हो । 
    तालिममा इटहरी, धरान, सुन्दर हरैंचा, विराटनगरबाट आएका १६ जनाको सहभागिता रहेको छ । युवाहरुलाई पत्रकारिता सम्बन्धी ज्ञान उदेश्यले यो तालिम दिएको कम्पनिले जानकारी....

  • ​सुकुमवासीले बढी मिचेका छन् इटहरीको जग्गा

    न्यूजलय बुधबार ०८, कार्तिक २०७४

    इटहरी । इटहरीमा सार्वजनिक जग्गा खोज्ने क्रम इटहरीका मेयर द्वारीकलाल चौधरीले सुरु गरेका थिए । मेयर निर्वाचित भएलगत्तै सार्वजनिक जग्गा मिचेको एक ठाउँ पर्खाल भत्काए, तर अहिले मेयर चौधरी अहिले चुपचाप छन् । 
    इटहरीस्थित टाटा मोटर कम्पनिले नाला मिचेर बनाएको संरचना भत्काएलगत्तै सर्वसाधारणको वाहीवाही....

  • ​धनकुटामा जन्मियो पेट बाहिर आन्द्रा भएको शिशु

    न्यूजलय बुधबार ०८, कार्तिक २०७४

    धनकुटा । धनकुटाकी एक युवतिले पेटभन्दा बाहिर आन्द्रा भएको शिशुलाई जन्मदिएकी छिन् । सोमबार स्वास्थ्यकर्मी मार्फत प्रसुती गराइँदा जन्मिएको शिशुको आन्द्रा बाहिर निस्केको पाएपछि आकस्मिक रुपमा थप उपचारका लागि राजधानी लगिएको छ । 
    धनकुटा नगरपालिका–७ की १७ वर्षीया युवतीबाट जन्मिएको उक्त शिशुको सानो आन्द्रा....

  • ​झापामा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु

    न्यूजलय बुधबार ०८, कार्तिक २०७४

    झापा । झापामा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । डेंगुको संक्रमणबाट अर्जुनधारा–७, डाँडागाउँकी ३७ वर्षीया सुनिता बरालको मृत्यु भएको हो ।
    सुनिता गत कात्र्तिक पाँच गते बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना भएकी थिइन् ।त्यहाँबाट थप उपचारका लागि सुनितालाई नोबेल मेडिकल कलेज, बिराटनगरमा....

  • ​​इटहरीमा बसको ठक्करबाट टेम्पो चालकको मृत्यु

    न्यूजलय बुधबार ०८, कार्तिक २०७४

    इटहरी । सुनसरीको इटहरी–४ हलगडामा बसको ठक्करबाट मंगलबार एक टेम्पो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–८ का ३५ वर्षीय अमित तामाङ रहेका छन् ।
    काठमाडाँैबाट धरानतर्फ जाँदै गरेको को ७ ख ५७०५ नम्बरको बसले को १ ह ७७२९ नम्बरको टेम्पोलाई ठक्कर दिएको थियो ।....

  • लष्ट एण्ड फाउण्ड : कसको होला कालो लगेज ?

    न्यूजलय मङ्गलबार ०७, कार्तिक २०७४

    इटहरी । सुनसरीको इटहरीस्थित बसपार्कमा बेबारिसे अवस्थामा एक थान कालो रंगको लगेज भेटिएको छ । लगेजमा आरती राईको नाम लेखिएको छ । केहि दिनअघि स्थानीयले भेटेर प्रहरीलाई बुझाएको सो लगेज लिन अहिलेसम्म कोहि पनि सम्पर्कमा नआएको सीआरभी प्रहरी पोष्ट इटहरीले जनाएको छ । हामीले यहाँ....

  • ​१५ दिनमा तीन जनाको हत्या

    न्यूजलय मङ्गलबार ०७, कार्तिक २०७४

    सिरहा । सिरहामा १५ दिनको अबधिमा शृङ्खलाबद्ध रुपमा तीन जनाको हत्या भएको छ ।
    एउटा घटनाको दोषीलाई प्रहरीले पक्राउ गरे पनि दुई वटा घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । अन्य दुई घटनाका दोषीहरुको पहिचान भइसकेकाले तुरन्तै पक्राउ गर्ने जिल्ला प्रहरी कार्यलय सिरहाका डीएसपी....

  • ​श्रीमतीद्वारा श्रीमानको कोठामा थुनेर आगो लगार्इ हत्या

    न्यूजलय मङ्गलबार ०७, कार्तिक २०७४

    काठमाडौं । कोठामा थुनेर आगो लगाई श्रीमानको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ । 
    सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको हो....