Newslaya Home

समाज

  • हुम्लामा टिपर दुर्घटना, दुई जनाको मृत्यु

    न्यूजलय बिहीबार २६, मङि्सर २०७६

    काठमाण्डौ । हुम्लामा हिउँमा चिप्लिएर टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा ५ ख ५३४४ नम्बरको टिपर नाम्खा गाउँपालिका–५ मा सडकबाट चिप्लेर ७०० मिटर तल भीरमा खसेको हो।

    सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्खा गाउँपालिकाका–४ याल्वाङका सावेल लामा....

  • इटहरीमा खुल्यो कलश फार्मेसी

    न्यूजलय बिहीबार २६, मङि्सर २०७६

    इटहरी । इटहरी पश्चिम लाइनमा कलश फार्मेसी तथा क्लिनिक संचालनमा आएको छ । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौण्डेलले बिहिबार(आज) फार्मेसी उद्घाटन गरेका हुन् ।

    उनले यस्तो क्लिनिक खुल्नाले प्राथमिक उपचारमा सहज हुने भन्दैै यस्तो व्यापार सुरु हुनु राम्रो भएको बताए । फार्मेसिबाट सुरु....

  • इटहरीमा सञ्चालन हुने महिला उद्यमी मेलाको तयारी पुरा

    न्यूजलय बिहीबार २६, मङि्सर २०७६

    इटहरी । इटहरीमा सञ्चालन हुन लागेको राष्ट्रिय स्तरको मेलाको तयारी पुरा भएको छ । कर्मचारी सञ्चय कोषको प्राङ्गणमा सञ्चालन हुन लागेको मेलाको तयारी पुरा भएको नेपाल उधमशिल महिला महासंघकी केन्द्रिय अध्यक्ष देविका बुढाथोकीले जानकारी दिएकी हुन् ।

    इटहरीमा राष्ट्रिय स्तरको दोश्रो उद्मशिल मेला लगाउन लागिरहेको....

  • इटहरीमा युवाले खोले बदाम जुस उद्योग

    न्यूजलय बिहीबार २६, मङि्सर २०७६

    इटहरी । इटहरी–१२ मा रिलायबल फुड एन्ड बेभरेज उद्योग सञ्चालनमा आएको छ ।

    नेकपा सुनसरीका युवा नेता मदन चुडालसहितका युवाले उद्योग सञ्चालन गरेका हुन् । उद्योगले रिलायबल चक्र ब्राण्डको जुस उत्पादन गर्नेछ ।

    साढे १२ करोडको लागतमा खुलेको उद्योगले दुधबाट बन्ने बदाम जुस, पेडालगायतका खाद्यान्न....

  • इटहरीका कृषकलाई वोयर जातका बोका वितरण

    न्यूजलय बिहीबार २६, मङि्सर २०७६

    इटहरी । इटहरी उपमहानगरपालिकाले कृषकलाई १४ वटा वोयर जातका उन्नत बोका वितरण गरेको छ । इटहरीका मेयर द्धारिकालाल चौधरीले नेपालमै उन्नत मानिने वोयर जातका बोका वितरण गरेका हुन ।

    करीव १० लाखको लागतमा चितवनबाट ल्याएर बोका वितरण गरिएको हो । भने प्रति बोका रु ५०....

  • विराटनगरमा श्रीमानको चक्‍कु प्रहारबाट श्रीमती घाइते

    न्यूजलय बिहीबार २६, मङि्सर २०७६

    विराटनगर । विराटनगरमा श्रीमान‍्को चक्‍कु प्रहारबाट श्रीमती घाइते भएकी छिन् । झापा घर भई विराटनगर –११ बसपार्कमा डेरा बस्दै आएका ५० वर्षीय डम्बर कार्कीले ३५ वर्षीया श्रीमती सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्‍कु प्रहार गर्दा घाइते भएको प्रहरीले जनाएको छ।

    तरकारी काटिरहेको अवस्थामा श्रीमानले चक्‍कु प्रहार....

  • धनकुटामा लडेर एक बृद्धको मृत्यु

    न्यूजलय बिहीबार २६, मङि्सर २०७६

    धनकुटा । धनकुटा–९ बेलहारामा लडेर एक बृद्धको मृत्यु भएको छ । बुधबार राति गाउँबाट घर फर्कने क्रममा चिप्लिएर बाटोमा लड्दा बेलहाराका ६३ बर्षीय रिकमान तामाङको मृत्यु भएको हो ।

    छोरीसँग घर फर्किदै गर्दा बाटोमा लडेर बृद्ध तामाङ गंभीर घाईते भएका थिए । स्थानीय बेलहारा स्वास्थ्य....

  • अज्ञात समूहद्वारा संखुवासभाको एक वडा कार्यालय भवनमा आगजनी

    न्यूजलय बिहीबार २६, मङि्सर २०७६

    संखुवासभा । जिल्लाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

    गएराती १२ बजेतिर गरिएको आगजनीका कारण कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिएका छन् ।

    प्रतिबन्धित नेपाल....

  • सागको उद्घाटनमा पड्काइको पटका लागेर घाइते भएका बालकको मृत्यु

    न्यूजलय बिहीबार २६, मङि्सर २०७६

    काठमाडौँ । साग उद्घाटनको खुसीयालीमा पड्काइएको पटाका लागेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

    जनकपुरधाम उपमहानगर–१३ स्थित कभर्डहल नजिकै घर भएका सोभित र निर्मला राउतका ११ वर्षीय छोरा आलोकको उपचारको क्रममा धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा मंगलबार मृत्यु भएको हो ।

    ....

  • ४० हजार घुससहित अपराध महाशाखाका इन्सपेक्टर पक्राउ

    न्यूजलय बिहीबार २६, मङि्सर २०७६

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापालाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

    अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग ४० हजार घुस लिइसकेको अवस्थामा अख्तियारले
    उनलाई....