Newslaya Home

समाज

  • हात्तीको आक्रमणबाट घाँस काट्न गएकी वृद्धाको मृत्यु

    न्यूजलय सोमबार २८, पुष २०७६

    हेटौंडा । पश्चिम मकवानपुरको मनहरी–३ स्थित हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

    जंगली हात्तीले लखेटेर मनहरी–३ मेलडाँडा घर भएकी अन्दाजी ७० वर्षीया वृद्धा मैया थापाको ज्यान गएको हो ।

    पर्सा वन्यजन्तु आरक्ष क्षेत्रको जंगलमा आमा छोरी घाँस काट्न जाँदै गर्दा हात्तीको आक्रमणमा परि थापाको....

  • प्रहरी भनि पैसा असुल्दै गरेका दुई जना झापाबाट पक्राउ

    न्यूजलय सोमबार २८, पुष २०७६

    झापा । झापाको बाह्रदर्शी गाउँपालिका–३ राजगढ बजारबाट व्यापारीसँग पैसा लिएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

    स्थानीय व्यापारीसँग प्रहरी हौं भन्दै पैसा असुल्दै गरेका गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका–३ का २० वर्षीय जीवन दासलाई सोमबार दिउँसो पक्राउ गरिएको हो....

  • अमेरिकामा एक नेपाली युवा मृत फेला

    न्यूजलय सोमबार २८, पुष २०७६

    काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको एउटा जुवाघरमा एक नेपाली युवा मृत अवस्थामा फेला परेको छ ।

    गत जनवरी १० तारिख शुक्रबारका दिन मेरिल्याण्डस्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनोमा अन्दाजी ३० वर्षीय नेपाली युवा गितान्जय ढकाल मृत अवस्थामा फेला परेको हो ।

    प्रिन्स जर्ज....

  • बेलबारीका नापि कर्मचारी घुस लिदालिदै पक्राउ

    न्यूजलय सोमबार २८, पुष २०७६

    बेलबारी । मोरङको बेलबारी–१० भाउन्नेबाट नापि कार्यलयका अमिनी दिनेश कुमार शाहलाई घुससहित पक्राउ गरिएको छ ।

    सोमबार दिउँसो ७ हजार घुष रकम लिदै गरेको अवस्थामा नापि कार्यलय बेलबारीका अमिनी शाहलाई अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको हो ।

    भाउन्ने स्थित पदम बहादुर....

  • इटहरी दुर्घटनाः घाइते महिलाको मृत्यु

    न्यूजलय सोमबार २८, पुष २०७६

    इटहरी । इटहरी– ५ जनताबस्तीमा भएको दुर्घटनामा इटहरी–४, हलगडा बस्दै आएकी २५ बर्षिय सुनिता कार्कीको मृत्यु भएको छ ।

    सोमबार को १ ख ७१२१ नम्बरको सेफ्टी ट्याङकीले साईकलमा सवार कार्कीलाई ठक्कर दिएको हो । ठक्करपछि लडेकी कार्कीलाई ब्याक गरेर किचेपछि गम्भिर घाईते भएकी कार्कीलाई उपचारको....

  • युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने शिवानन्द बाबा पक्राउ

    न्यूजलय सोमबार २८, पुष २०७६

    काठमाडौं । युरोप पठाइदिन्छु भनेर ठगी गर्ने स्वामी शिवानन्द बाबा भनिने दिपक भन्डारी पक्राउ परेका छन् ।

    ४ जनालाई युरोप लगिदिन्छु भनी ठगेको उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले युरोप पठाइदिने भनेर ४ जनासँग ३० लाख रुपैयाँ लिएका....

  • इटहरीमा सहचालकले चलाएको सवारीले सहकारीकी कलेक्टर किच्यो

    न्यूजलय सोमबार २८, पुष २०७६

    इटहरी । इटहरी– ५ जनताबस्तीमा भएको दुर्घटनामा इटहरी–४, हलगडा बस्दै आएकी २५ बर्षिय सुनिता कार्की गम्भिर घाईते भएकी छिन् । उनलाई उपचारको लागि विराटनगर पठाइएको छ ।

    को १ ख ७१२१ नम्बरको सेफ्टी ट्याङकीले साईकलमा सवार कार्कीलाई ठक्कर दिएको हो । ठक्करपछि लडेकी कार्कीलाई ब्याक....

  • पानीको माग गर्दै धरानवासी शुरू गरे आन्दोलन

    न्यूजलय सोमबार २८, पुष २०७६

    धरान। खानेपानीको माग गर्दै धरानवासीले आन्दोलन शुरू गरेका छन् । एशियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालन भएको धरान खानेपानी परियोजना सम्पन्न गर्न खानेपानी संस्थानले ढिलाइ गरेको भन्दै जनप्रतिनिधिसहित स्थानीयले आन्दोलन सुरु गरेका हुन् ।

    खानेपानी संस्थानले पाइप बिछ्याउने काममा ढिलाइ गरी कृत्रिम अभाव सृजना....

  • बलत्कार आरोपमा इटहरीका सफारी चालकसहित दुई जना पक्राउ

    न्यूजलय सोमबार २८, पुष २०७६

    इटहरी । इटहरीबाट सिटि सफारी चालक सहित दुई जनालाई बलत्कार गरेको आरोपमा पक्राउ गरिएको छ ।

    आइतबार दिउँसो ३२ वर्षीय महिलालाई सुनसरी मोरङको सिमामा पर्ने बुढी खोलामा जवरजस्ती लगि करणी गरेको आरोपमा इटहरी ६ का सिटि सफारी चालक नरेश थारु र उनका साथी इटहरी ९....

  • साउदीमा सप्तरीका खत्वेको मृत्यु

    न्यूजलय सोमबार २८, पुष २०७६

    राजविराज । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका सप्तरीका एक नेपाली युवकको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का ३२ वर्षीय शम्भु खत्वेको मृत्यु भएको जनाइउको छ ।

    उनी वैशाख साउदी अरब गएका थिए । काम गर्दा गर्दै शुक्रबार बिरामी परेका उनको उपचारका....