Newslaya Home

समाज

  • लालिगुरास होटल एण्ड सेकुवा कर्नरमा शिवरात्रिको अवसरमा कन्सर्ट

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    इटहरी । इटहरीस्थित लालिगुरास होटल एण्ड सेकुवा कर्नरले शिवरात्रिको अवसरमा कन्सर्ट गर्ने भएको छ । होटल परिसरमा हुन लागेको कन्सर्टमा ओल्ड स्कुल ब्याण्डको प्रस्तुति रहनेछ ।

    आगन्तुकहरुलाई टिकट निःशुल्क गरिएको संचालक मनोज भण्डारीले जानकारी दिए । उक्त होटल छोटो समयमै जमघट तथा खानपिनको लागि लोकप्रिय....

  • सडक मिचेर नाला निर्माण गरेको भन्दै बराहक्षेत्रका रेल्वेवासिहरु आन्दोलनमा

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    बराहक्षेत्र । सडक मिचेर नाला निर्माण गरेको भन्दै सुनसरी बराहक्षेत्रका रेल्वेवासिहरु आन्दोलनमा उत्रेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बराहक्षेत्र चक्रघट्टीको रेल्वे संघर्ष समितिले आफ्ना माग समयमा नै स्थानीय सरकारले सुनुवाइ नगरे भोक हड्ताल बस्ने चेतावनी दिएको छ ।

    मुनाल चौकदेखि बसपार्कसम्म निर्माण भइरहेको ढलनाला....

  • इटहरीको जनता स्कुलका विद्यार्थीले मनाए प्रजातन्त्र दिवस

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    इटहरी । इटहरीको जनता स्कुलका विद्यार्थीहरुले प्रजातन्त्र दिवस मनाएका छन् । उनीहरुले इटहरीमा र्यालिको आयोजना गर्दै प्रजातन्त्र दिवस मनाएका हुन् ।

    फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएकोमा पछिल्लो समय भने देशव्यापि रुपमा मनाउन छोडिएको छ तथापि जनता स्कुलका विद्यार्थीहरुले भने र्यालि तथा कोणसभासहित उक्त....

  • सप्तरीमा ग्यास लिक हुँदा आगलागी

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    काठमाडौं । सप्तरीमा विद्यार्थीका लागि खाजा बनाउने क्रममा ग्यास लिक हुँदा आगलागी भएको छ । सुरुङ्गा नगरपालिका–८ स्थित राष्ट्रिय अधारभूत विद्यालय महुलियामा विद्यार्थीका लागि खाजा बनाउने क्रममा बुधबार दिउँसो आगलागी भएको हो ।

    आगलागीबाट फर्निचर, खाद्यान्न सामाग्री, पुस्तक लगायत अन्य कागजातहरु समेत जलेर करिब २....

  • सुनसरीमा ६० वर्षीय वृद्धाले गरिन् झुण्डिएर आत्महत्या

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    इटहरी । सुनसरीको बर्जु–४ शान्तिबन छेउकी ६० वर्षिया छुमन चौधरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

    मंगलबार राति आफ्नै घरको कोठामा काठको बलोमा गम्छाको पासो लगाई उनले आत्महत्या गरेकी हुन् ।

    उनलाई झुण्डिएको अवस्थामा १५ वर्षीय नाती दिपेश चौधरीले देखि बुहारी सम्झना चौधरीले जिवितै छ कि....

  • इटहरीमा बसको ठक्करबाट साइकलयात्री घाइते

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    इटहरी । सुनसरीको इटहरी–१७ कान्छी चोकमा बसले साइकललाई ठक्कर दिँदा एक जना घाइते भएको छ ।

    इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ५ ख ४१५९ नम्बरको बसको ठक्करबाट साइकलयात्री ७० बर्षिय लक्षुलाल चौधरी घाइते भएका हुन् ।

    उक्त दुर्घटनामा परी दाहिने खुट्टा र कम्मरमा चोट....

  • उदयपुरका एक युवा लागुऔषध सहित पक्राउ

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

    मङ्‌गलबार राति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले त्रियुगा नगरपालिका–११ सङ्‌गम टोलका राउल श्रेष्ठलाई ब्राउनसुगर जस्तो देखिने करिब २० ग्राम पदार्थ सहित पक्राउ गरेको हो ।

    पक्राउ परेका....

  • दुर्घटनामा घाइते सेनाका मेजर सिलवालको मृत्यु

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    काठमाडौं । सल्यानको चोरखालमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते नेपाली सेनाका मेजर इश्वर सिलवालको मृत्यु भएको छ ।

    सबुज गणमा कार्यरत मेजर सिलवालको वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । गत माघ २९ गते सल्यानको कपुरकोटबाट बुटवल जाँदै गरेको लु१ग १२३ नम्बरको....

  • भैँसी चराउन गएका एक वृद्धको जलेर मृत्यु

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    टिकापुर । कैलालीको टीकापुर नगरपालिका–७ सत्ती स्थित आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ ।

    सत्ती कर्णाली सामुदायिक वन नजिक भैँसी चराउन गएका ७० वर्षीय लालबहादुर भण्डारीको खरबारीमा सल्किएको आगलागीबाट जलेर मृत्यु भएको हो ।

    चिसो भएपछि बालेको आगो खरबारीमा सल्किएर भएको आगलागीमा परी उनको....

  • झापाबाट १४ किलो चाँदीसहित दुईजना पक्राउ

    न्यूजलय बुधबार ०७, फागुन २०७६

    झापा । झापाको मेचीनगर नगरपालिका–६, मेचीखोला नजिकबाट चाँदी र तामाका सामान सहित दुई जनालाई पक्राउ गरिएको छ ।

    प्रहरीले १४ किलो चाँदी र २१ किलो तामाका सामानसहित काठमाडौं–६, बौद्धका ३४ वर्षीय अजित नगरकोटी र ३८ वर्षीय श्याम सुनुवारलाई पक्राउ गरेको हो ।

    उनीहरुले बोकेको झोला....