२०७८ साल कार्तिक ७ गते अाईतबार

दशैंको मुखमै मोरंगमा बैंक लुटपाट प्रयास

न्युजलय २५ असोज २०७८, सोमबार ०५:२९ मा प्रकाशित

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा रहेको सिटिजन बैंकमा लुटपाट प्रयास गरिएको छ । पाँच जनाको समुहमा आएका लुटेराहरुले गोली चलाउँदै लुटपाटको प्रयास गरेको स्थानीयले बताएका छन् । उनीहरुको गोली प्रहारबाट बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । 

मोरङ प्रहरी प्रमुख दिपक श्रेष्ठले एकजनालाई गोली लागेको पुष्टि गर्दै अनुसन्धान थालिएको बताए । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।