इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत ‘शोक’ सार्वजनिक

न्युजलय ३ कार्तिक २०८०, शुक्रबार ०८:२८ मा प्रकाशित

काठमाडौँ । इजरायलमा मृत्यु भएका नेपालीहरूप्रति समर्पित गीत ‘शोक’ सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ । 


विनोद बाजुरालीको एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको पाइन्छ । 


गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा बाल कलाकारहरूको उत्कृष्ठ अभिनय रहेको पाइन्छ ।