२०७८ साल मङ्सिर १३ गते सोमबार

दिपेन्द्र लामाको निर्देशनमा ‘घुइँचो’ चलचित्र बन्दै

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०९:२७ मा प्रकाशित
काठमाडौं । दिपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘घुइँचो’ माघ १ गतेबाट छायाँकन हुने भएको छ। लामाले आफ्नो पाँचौं फिल्म निर्देशन गर्न लागेका हुन्।

फिल्ममा एलिजा गौतम र कुन्साङ बोम्जनको अभिनय रहने छ। एलिजाको यो फिल्म दोस्रो हो। उनले फिल्म ‘अनुराग’मा डेब्यु गरेकी थिइन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा अभिनेत्री एलिजाले चलचित्र ‘घुइँचो’मा बढी मेहेनत गर्ने बताइन्। सानैदेखि फिल्म खेल्ने सपना बोकेकी एलिजाले उक्त फिल्ममा फरक पात्रको रुपमा आउने बताइन्।

बोम्जनको भने यो पहिलो फिल्म हो। फिल्मको कथा मन पराएर अभिनय गर्न सहमत भएको उनले बताए। गाउँले सपना बोकेर विदेश गएका युवाहरुको कथा बोक्ने उक्त फिल्ममा अभिनय गर्न पाँउदा धेरै उत्साहित भएको उनले बताए।

रामजी दैलेखीले उक्त फिल्मको निर्माण गर्दैछन्। माघ महिनासम्म फिल्मको छायाँकन सकाउने निर्देशक लामाले बताए।